चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन्
गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरूबीच द्वन्द्व हुन नहुने बताए।
उनले भने, ‘आज दलहरूबीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो।’
आलोचना गर्ने राजनीति नभइ बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उनले बताए। राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उनको जिकिर थियो।
फरक प्रसङ्गमा बोल्दै उनले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गरे। पार्टीभित्रका असन्तुष्टिलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकिने उनले बताए।
उनले भने, ‘घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु,’ उनले थने, ‘हामीले उता पर्म लाएको हो। अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु।’ घरघरमा बसेर सोच्न र बिउँझनका लागि कार्यकर्तालाई उनले अनुरोध गरे।
वैशाख १० गते चितवन–२ को परिणाम बदलिने महामन्त्री शर्माको भनाइ थियो। उनले भने, ‘यो पटक वैशाख १० गते परिणाम बदलिन्छ। किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्म लाएका थियौँ। हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ।’
प्रतिक्रिया