‘एन क्यास’ र ‘फोन पे’ बीच क्यूआर भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

‘एन क्यास’ र ‘फोन पे’ बीच क्यूआर भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भुक्तानी सेवा प्रदायक एवं डिजिटल वालेट ‘एन क्यास’ र ‘फोन पे’ बीच क्यूआर कोडमार्फत भुक्तानी सेवा उपलब्ध गराउनका लागि सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सुलभ पे र फोन पेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

फोन पेसँग सम्झौता भएसँगै एन क्यासले नेपालमा पूर्णरुपमा क्यूआर स्क्यान एन्ड पे सेवा उपलब्ध गराउने आफू पहिलो वालेट भएको दाबी गरेको छ । एनक्यासबाट स्मार्ट क्यूआर, नेपाल पे क्यूआर र फोनपे क्यूआरबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

एन क्यासले आफ्नो एपबाट तीन क्लिकमै भुक्तानी गर्न सकिने बताएको छ । पहिलो क्लिकमा प्रयोगकर्ताले एप खोल्दा सोझैं क्यामेरामा देखिएको क्यूआर स्क्यान हुने, दोस्रोमा रकम उल्लेख गर्ने र तेस्रोमा कन्फर्म गर्दै ट्रान्ज्याक्सन गर्न सकिने सुलभ पेले जनाएको छ ।

सुलभ पे र फोन पेबीच सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै फोन पेका सीईओ दिवस सापकोटाले एन क्याससँग सम्झौता गर्नु दुवै कम्पनीका साथै प्रयोगकर्ताका लागि समेत खुसीको विषय भएको बताए । फोन पेको पार्टनर नै यसका लागि सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै सीईओ सापकोटाले हाल करिब ११ लाख मर्चेन्टहरु फोन पेमा जोडिएको उनको भनाई छ । 

सुलभ पेका सीईओ शमल बुढाथोकीले नेपालमा सबै क्यूआर पेबाट सेवा उपलब्ध गराउने एन क्यास नै पहिलो भुक्तानी सेवा प्रदायक रहेको बताएका छन् । एन क्यासले दोस्रो पुस्ताको भुक्तानी सेवा प्रदायकका हिसाबले सेवा दिने लक्ष्य राखेको उनको भनाइ छ ।

Recent Comments

No comments to show.