प्रचण्ड सरकारकाे सय दिन-के- के भए उपलब्धी ? (पूर्णपाठ)

प्रचण्ड सरकारकाे सय दिन-के- के भए उपलब्धी ? (पूर्णपाठ)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सयदिने उपलब्धि सार्वजनिक गरेको छ।

गत पुस १० गते प्रधानमन्त्री हुनुभएका प्रचण्डले कार्यकाल सम्हालेको चैत २१ गते सय दिन पूरा हुँदैछ। यो बीचमा गठबन्धन फेरबदल, मन्त्रिपरिषद विस्तार, राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख चुनावमा बढी केन्द्रित भएको सरकारले आफ्ना उपलब्धिको १० पन्ने फेहरिस्त प्रस्तुत गरेको छ।

जसमा सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको, अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको लगायतका विषय समावेश छन् ।

राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको १०० दिने उपलब्धीमा दाबी गरिएको छ । त्यस्तै नेपाल सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका ८ हजार ४७१ जना शहीदको नाम राजपत्रमा प्रकाशन गर्नुलाई पनि सरकारको उपलब्धीमा राखिएको छ ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सय दिनमा सम्पादन गरेका महत्त्वपूर्ण कार्यहरू र हासिल भएका प्रमुख उपलब्धिहरूको सारसंक्षेप


Recent Comments

No comments to show.