रास्वपा उम्मेदवार वाग्ले भन्छन्– सामान्य मतले जितेर पुग्दैन, शानदार रुपमा जित्नुपर्छ

रास्वपा उम्मेदवार वाग्ले भन्छन्– सामान्य मतले जितेर पुग्दैन, शानदार रुपमा जित्नुपर्छ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ-१ का उम्मेदवार डा स्वर्णीम वाग्लेले देशको अवस्था र अर्थ व्यवस्थामा सर्जरी नै चाहिने भएकाले आफू सांसद बन्न लागेको बताएका छन्।

निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै उनले चितवन-२ मा जस्तै तनहुँ-१ ले पनि सन्देश दिनुपर्ने बताएका छन्।

उनले भने, ‘अब सामान्य मतले जितेर पुग्दैन। शानदार रुपमा जित्नुपर्छ। चितवन-२ मा जस्तै तनहुँ १ ले सन्देश देओस्। किनकि बिरामी परेको राज्यव्यवस्था र अर्थ व्यवस्थाका लागि सर्जरी नै चाहिन्छ, सामान्य झारफुकले पुग्दैन।’

उनले अब आउने पुस्ताले देशमै केही हुन्छ भन्ने आशा गर्ने ठाउँ बनाउन पनि आफूहरु लागि परेको बताए। उनले थपे, ‘देशमा कुशासन छ। प्रणाली भत्किएका छन्। सेटिङ भइरहेका छन्। सार्वजनिक संस्था क्षयीकरण भएको छ।’

आफूहरुले भ्रष्टाचारका फाइल खोल्ने बताएको उल्लेख गर्दै ‘यो देशमा केही हुँदैन’ भन्ने नैराश्य चिर्न आफूहरु आएको बताए। २०८० साल देशको राजनीतिमा कोल्टे फेर्ने वर्ष भएको उनको भनाइ छ।

Recent Comments

No comments to show.