बर्दी र फुलीमा सर्वसाधारणले भरोसा गर्ने गरी काम गर्नुस् : गृहमन्त्री श्रेष्ठ

बर्दी र फुलीमा सर्वसाधारणले भरोसा गर्ने गरी काम गर्नुस् : गृहमन्त्री श्रेष्ठ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शरीरको बर्दी र काँधको फुली अनुसार काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै श्रेष्ठले उक्त निर्देशन दिएका हुन्।

गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ। स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत् नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु।’

सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएकाले सोही अनुसार काम गर्नुपर्ने उनले बताए। गृहमन्त्री श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हेडक्वाटरमा स्वागत गरेका थिए।

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए।

गृहमन्त्री श्रेष्ठले प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरेका थिए।

श्रेष्ठले मुलुकमा शान्ति–सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभूति दिन निर्देशन दिए।

Recent Comments

No comments to show.