काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ १ मा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेलाई ‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिएका छन् ।
नेपाली कांग्रेस छाडेर हालै रास्वपा प्रवेश गरेका वाग्लेलाई उनले टुरिस्ट उम्मेदवारको संज्ञा दिएका हुन् ।
महामन्त्री थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताए । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताए ।
प्रतिक्रिया