काठमाडौं । आज हुन गईरहेको उपनिर्वाचनको उम्मेदवारी मनोयनका लागि नेपाली काँग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् ।
काँग्रेस केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहु-१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन-२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन् ।
काँग्रेसले तनहु-१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बारा-२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन ।
प्रतिक्रिया