काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित निकालेको छ ।
घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्टठ ब्याटिङ गरेपछि सानदार जित निकालेकाे हाे ।
प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेकाे थियाे ।
कोहलीले ४९ बल खेल्दै ६ चौका र पाँच छक्का मद्दतमा अविजित ८२ रन बनाए । कोहलीले अर्शद खानलाई छक्का प्रहार गर्दै जित पक्का गरेका थिए । कप्तान प्लेसिसले ४३ बल खेल्दै पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाएका हुन् ।
प्रतिक्रिया