काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा प्रकाशशरण महतलाई शेयर बजारले रातो झण्डासहित स्वागत गरेको छ ।
निरन्तर घटिरहेको शेयर बजारले आजपनि उही गतिमा रहेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २० अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको ३७ लाख ८७ हजार ४४१ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र म्युचुअल फण्डबाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.११ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया