टीभीएसको नयाँ वर्ष अफरः मोटरसाइकल र स्कुटर किन्दा नगद छुट, ब्याज पनि नलाग्ने

टीभीएसको नयाँ वर्ष अफरः मोटरसाइकल र स्कुटर किन्दा नगद छुट, ब्याज पनि नलाग्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । 

‘स्टार्ट योर जर्नी विथ टीभीएस’नामक यस अफरअन्तर्गत ग्राहकले टीभीएसको जुनसुकै मोटरसाइक तथा स्कुटर खरिद गर्दा नगद छुट, हेल्मेट उपहार, शून्य प्रतिशत व्याजदरको सुविधा र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाउनेछन्।

मोटरसाइकलमा ८ हजार र स्कुटरमा ७ हजार रुपैयाँसम्मको नगद छुटको व्यवस्था मिलाइएको छ । साथै अपाचे सिरिजमा ५ हजार रुपैयाँ मूल्य पर्ने हेल्मेट ग्राहकले निशुल्क पाउनेछन् भने फाइनान्स सुविधामा वाइक खरिद गर्न चाहने ग्राहकले शून्य प्रतिशत व्याजदरको सुविधा पाउने कम्पनीले जनाएको छ। 

त्यसैगरी ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा अतिरिक्त १० हजार रुपैयाँ थप हुने व्यवस्था मिलाइएको छ । 

कम्पनीका अनुसार यो अफर देशभर रहेका टीभीएस सोरुममा लागू हुनेछ । 

Recent Comments

No comments to show.