भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,प्रतिलिटर कति घट्यो ?

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,प्रतिलिटर कति घट्यो ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा र पेट्रोल लिटरमा १ रुपैयाँ ७४ पैसाले मूल्य घटेर आएको छ।

यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ । निगमलाई यसले अबका दिनमा निकै नाफा हुने देखिएको छ।

तर आयल निगमले मूल्य घटाउनुको साटो पछिल्लो समय ग्यासमा प्रतिसिलिन्डर ३३८ रुपैयाँ मूल्य बढेर आएकाले ग्यासको घाटामा मिसाइएको दाबी गर्दै आएको छ।

हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ र डिजेलको १७५ रुपैयाँ छ। यो मूल्यमा कारोबार भइरहँदा निगमले पछिल्लो १५ दिनमा करिब ६० करोड नाफा कमाएको छ।

निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ। नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएसँगै अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजेलमा २२ रुपैयाँ हाराहारी नाफा कमाउनेछ।

Recent Comments

No comments to show.