डोल्पामा ६९ बोरा अवैध जटामसी बरामद

डोल्पामा ६९ बोरा अवैध जटामसी बरामद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 सुर्खेत । अवैध रूपमा घरमा लुकाईछिपाई राखिएको अवस्थामा ६९ बोरा जटामसी डिभिजन वन कार्यालय डोल्पाले बरामद गरेको छ।

ठूलिभेरी नगरपालिका–३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाईछिपाई राखिएको ६९ बोरा झण्डै पच्चीस सय केजी बराबरको जटामसी बरामद गरिएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ।

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाईछिपाई राखिएको जटामसी बरामद गरेर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख महेश कमाईले जानकारी दिए।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम अनुसन्धान भई चोरीनिकासीमा कानुनी कारबाही गरिने प्रमुख कमाईले बताए।

उनका अनुसार कसले कुन बनवाट खरिद गरेर ल्यायो कसरी लुकाईछिपाइ गर्‍यो भन्ने अनुसन्धान भइरहेको छ।

Recent Comments

No comments to show.