स्कुल बसका १२ चालकलाई कारबाही

स्कुल बसका १२ चालकलाई कारबाही

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार बिहान गरिएको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने १२ वटा स्कुल बसका चालक कारबाहीमा परेका हुन्।

जसमा  बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ११ जना चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।  

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको छ। 

योसँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने २६२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  

Recent Comments

No comments to show.