२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विभिन्न मितिमा हराएका २२ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार धनीलाई हस्तान्तरण गरेको छ । 

रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार एक कार्यक्रम गरी १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

यस आर्थिक वर्षको सुरुवातदेखी हालसम्म सवारी साधन हराएको भनी १ हजार २ सय ८९ वटा निवेदन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दर्ता भएको जनाइएको छ । 

३८७ वटा सवारीसाधन माथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये आजको २२ वटासहित ३६० वटा दुईपाङ्ग्रे सवारी साधन,  ट्राफिक प्रहरीले धनिको जिम्मा लगाई सकेको छ । 

Recent Comments

No comments to show.