एआईजी पदस्थापन: उपत्यका प्रहरी कार्यालयमा एआईजी ज्ञवाली र सीआईबीमा बज्राचार्य

एआईजी पदस्थापन: उपत्यका प्रहरी कार्यालयमा एआईजी ज्ञवाली र सीआईबीमा बज्राचार्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन भएको छ । दुई साताअघि डीआईजीबाट एआईजीमा बढुवा भएका एआईजीहरूको पदस्थापन भएको हो । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड श्यामलाल ज्ञवाली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको कमाण्डको जिम्मेवारी किरण बज्राचार्यलाई दिइएको छ । यसैगरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन गरिएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उनीहरूको पदस्थापन गरेको हो । 

Recent Comments

No comments to show.