केटीएम सिटीले सुरु गर्‍यो सेल, १ हजारभन्दा सस्तोमा कपडा

केटीएम सिटीले सुरु गर्‍यो सेल, १ हजारभन्दा सस्तोमा कपडा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केटीएम सिटीले ‘विन्टर सेल अफर’ सार्वजनिक गरेको छ । कम्पनीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरूको सेल अफर बजारमा ल्याएको हो ।

केटीएम सिटीका सबै आउटलेटहरूमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको आधिकारिक वेबसाइट तथा मोबाइल एपबाट पनि सजिलै अर्डर गर्न सकिने यो अफर अप्रिल ६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, विन्टर अफर काठमाडौं उपत्यकाभित्र र बाहिरका सबै आउट लेटहरूमा लागू हुनेछ । नेपाली ब्रान्ड केटीएम सिटीले आमसर्वसाधारणलाई लक्षित गर्दै सर्वसुलभ मूल्यमा गुणस्तरीय लुगाहरू उपलब्ध गराउँदै आएको छ।

नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय जगत्‌मा पुर्‍याउने उद्देश्यसहित केटीएम सिटीले भारतका विभिन्न शहरसहित क्यानडामा समेत आउट लेट विस्तार गरेको छ।

कम्पनीले काठमाडौं उपत्यकासहित देशभर शाखा विस्तारलाई आक्रामक ढङ्गले अघि बढाइरहेको छ । देशभरका सबै आउटलेटमा केटीएम सिटी ब्रान्डका पछिल्ला उत्पादन सर्वसुलभ मूल्यमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

Recent Comments

No comments to show.