कलाकारमाथि साइबर आक्रमण बढ्याे : भुवन केसी

कलाकारमाथि साइबर आक्रमण बढ्याे : भुवन केसी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर आक्रमण बढेको बताएका छन् ।

मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताए । उनले प्रविधिले साइबर सुरक्षाका विषयमा नयाँ चुनौती थपेको बताए । 

कार्यकारी अध्यक्ष केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको बताए । उनले साइबर हमलाको समस्या समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे ।

साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने उनले बताए । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिबद्ध रहेको केसीले बताए ।

Recent Comments

No comments to show.