भक्तपुर-कोटेश्वर सडक खण्डको लोकन्थली चोकको बीच सडकमा बा ५ ख ६६७४ नम्बरको भोल्भो बस बीच सडकमा छड्के पारी पार्किङ गरेर चालक फरार भएका छन् । बसको हेन्डल लक गरिएको छ भने चाबी पनि चालकले लिएर फरार हुँदा आवागमनमा असहज भएको छ । ट्राफिक प्रहरी, प्रहरी स्थानीयले बस सडकबाट हटाउन प्रयासरत छन् । बीच सडकमा बस पार्किङ गरिँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ ।
प्रतिक्रिया