अछाम पुगेर भीम रावलविरुद्ध बोल्ने विष्णु पौडेल लखेटिए, कुर्सी हानाहान

अछाम पुगेर भीम रावलविरुद्ध बोल्ने विष्णु पौडेल लखेटिए, कुर्सी हानाहान

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि उपाध्यक्ष बिष्णु पौडेल उपस्थित रहेको कार्यक्रम बिथोलिएको छ।

कार्यक्रम सुरु हुनुपूर्व रावलका सन्दर्भमा कसैले पनि केही नबोल्ने समझदारी भएको थियो । तर सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले भीम रावलका विरुद्ध बोलेपछि सहभागीले नाराबाजीसहित कुर्सी प्रहारसमेत गरेका थिए ।

उपाध्यक्ष पौडेलले पनि भीम रावलका सन्दर्भमा कुरा सुरु गर्नै लाग्दा पुनः नाराबाजी सुरु हुने अवस्था भएपछि नकारात्मक कुरा नगर्ने बताएका थिए ।

साँफेबगरस्थित खाद्य गोदामको हलमा आयोजित उक्त कार्यक्रममा असामान्य अवस्था भएपछि कार्यक्रम नै स्थगित भएको थियो । लगातारको नाराबाजी र असामान्य अवस्थापछि जोशीले रावलका सन्दर्भमा आफूले बोलेका शब्द फिर्ता लिएका थिए ।

दुवै पक्षबीच रावलका सन्दर्भमा कसैले केही नबोल्ने सर्तमा करिब एक घण्टापछि कार्यक्रम शुरु गरिएको थियो । उपाध्यक्ष पौडेलले पनि भीम रावलका सन्दर्भमा कुराकानी नगर्ने वचन दिएका थिए ।  

मिसन ग्रास रुट अभियानमै एमाले अध्यक्ष ओली लुम्बिनीपछि गण्डकी प्रदेशतिर डुलिरहेका बेला उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुदूरपश्चिम प्रदेश पुगेका थिए ।  भिम रावल भने दुईदिन देखि प्रदेश राजधानी धनगढीमा छन्।

Recent Comments

No comments to show.