मौसम पूर्वानुमान : आज देशका पहाडी भू-भागमा बर्षा हुने

मौसम पूर्वानुमान : आज देशका पहाडी भू-भागमा बर्षा हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उता राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा  मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Recent Comments

No comments to show.