नेपालले भियतनामसँग ओलम्पिक छनोट खेल्ने

नेपालले भियतनामसँग ओलम्पिक छनोट खेल्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पेरिस ओलम्पिक छनोटअन्तर्गत पहिलो चरणको खेलमा आउँदो अप्रिल ५ देखि ८ सम्म नेपालमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

सो प्रतियोगिताको लागि भियतनाम अफ्रिल ३ तारिखमा नेपाल आउने एन्फाले जनाएको छ। ४३ लाख लागत अनुमान गरिएको सो प्रतियोगिता पेरिस ओलम्पिक २०२४ को लागि छनोट रहेको छ। 

तर यसमा दुई टिम मात्र समावेश हुनेछन्। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र खेल्ने भएको हो ।

यी दुई टिमले अप्रिल ५ मा पहिलो र ८ तारिख (चैत २२ र २५ गते)मा दोस्रो खेल खेल्नेछ। 

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्।

  प्रतियोगितामा साधारणतर्फ दर्शकको टिकट ३०० रहेको छ भने भीआईपीतर्फ एक हजार रहेको छ।  यो प्रतियोगिताको लागि अन्नत राज थापाको प्रशिक्षणमा नेपाली महिला फुटबल टिम बन्द प्रशिक्षणमा रहेको छ।

Recent Comments

No comments to show.