नदी क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन महानगरको ७ दिने ‘अल्टिमेटम’

नदी क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन महानगरको ७ दिने ‘अल्टिमेटम’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ।

महानगरपालिकाले आज सूचना जारी गरी नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रुपमा जमिन कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो।

महानगरपालिकाले पटकपटक जानकारी गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ।

Recent Comments

No comments to show.