यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका २६ जना कारबाहीमा

यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका २६ जना कारबाहीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा ट्राफिक प्रहरीले आज (बिहीवार) विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई कारवाही गरेको छ ।

उक्त चेकिङ्गमा १ सय १५  भन्दा बढी  सवारीसाधन चेक गर्दा १९ वटा ह्याण्डब्रेक ठिक नभएका र ७ वटा लाईटहरु दुरुस्त नभएका करिब २६ ओटा सवारीसाधनहरु फेला परे पश्चात चालकहरु कारबाहीमा परेका हुन् ।

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधनहरुलाई मर्मत गर्ने र तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएकाे छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको कीर्तिपुर क्षेत्रमा आज खटिएकाे थियाे । सवारी साधन चलाउदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न उक्त टोलि खटिएका हाे । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्न यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई अनुरोध गरेका छन् । 

Recent Comments

No comments to show.