काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)मा वसन्त कुँवर नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताए । यसअघिको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति गरेको थियो ।
हालका आईजीपी धीरजप्रताप सिंह आजै ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन्। अब नियुक्त भएका महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ।
प्रतिक्रिया