सेयरको भित्री कारोबार कसुरमा व्यवसायी गुरू न्यौपानेविरुद्ध मुद्दा दर्ता

सेयरको भित्री कारोबार कसुरमा व्यवसायी गुरू न्यौपानेविरुद्ध मुद्दा दर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ )गरेको भन्दै व्यवसायी गुरुप्रसाद न्यौपाने विरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डले न्यौपानेविरूद्ध मुद्दा दर्ता गरेको हो ।

बुधबार सकारी वकिलकको कार्यलयले काठमाडौं जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।

न्यौपानेले रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ आर्जन गरेको देखिएको पाइएको छ । सोही प्रमाणलाई आधार मानेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको भन्दै बोर्डले २४ मंसिरमा दुवै जनालाई कारबाही गर्ने निर्णय गरेको थियो ।

भित्री कारोबार गरेको आशंकामा धितोपत्र सम्बन्धी ऐन अनुसार तहकीकात अधिकृत नियुक्त गरी छानबिन अगाडि बढाएको थियो । सोहि छानबिन समितिको प्रतिवेदनका आधारमा न्यौपानेलाई मुद्दा अगाडि बढाउन लागिएको हो ।

उक्त छानबिनको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ९१० बमोजिमको सजायको माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो ।

अध्यक्ष रहँदा १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म कम्पनीको सेयर खरिद बिक्री गरेको विषयमा उनीमाथि छानबिन गर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको पाइएको छ ।

Recent Comments

No comments to show.