एशियन हाइड्रो र कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

एशियन हाइड्रो र कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बुधबार कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कालिञ्चोक दर्शन (स्थानीय, सर्वसाधरण र संस्थापक गरी)को कुल ६० लाख कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ७८.१५ रुपैयाँदेखि अधिकतम २३४.४५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । KDL संकेत चिह्नमा यसको कारोबार खुला हुनेछ ।

यस्तै, एशियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ९९.६० रुपैयाँदेखि अधिकतम २९८.८० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले AHL संकेत चिह्न प्रदान गरेको छ ।

नेप्सेमा सूचीकरण भएसँगै दुवै कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । यद्यपि, भोलि प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।

Recent Comments

No comments to show.