सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने, अब नयाँ नामबाट किनबेच

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने, अब नयाँ नामबाट किनबेच

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार भाेलिदेखि रोक्का हुने भएको छ ।

दुई इन्स्योरेन्स एक आपसमा मर्ज भई भोलि (चैत ९ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै दुवै कम्पनीको सेयर कारोबार  रोक्का हुने भएको हो ।

दुई कम्पनी मर्ज भई ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी समान हैसियत अर्थात् १ः१ सेयर अनुपातमा गाभिने भएका हुन् ।

हाल सानिमाको चुक्ता पूँजी २ अर्ब र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ छ । नयाँ कम्पनीको एकीकृत चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

Recent Comments

No comments to show.