प्रचण्डबारे राजेन्द्र लिङ्देनको टिप्पणी : हाइड्रोजन गाडी दियौं, स्टार्ट नहुँदै हामफाल्नुभयो

प्रचण्डबारे राजेन्द्र लिङ्देनको टिप्पणी : हाइड्रोजन गाडी दियौं, स्टार्ट नहुँदै हामफाल्नुभयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गाडी फेरिरहने ड्राइभरसँग तुलना गरेका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमा बोल्दै लिङ्देनले आफूहरुले उनलाई नयाँ गाडी दिए पनि पुरानै गाडी चलाउँछु भनेर हिँडेको टिप्पणी गरे।

पटक–पटक गाडी फेरिरहेकाले अनुभवी भनेर आफूहरुको नयाँ गाडी प्रचण्डलाई चलाउन दिएको तर उनले छोडेर हिँडेको लिङ्देनको भनाइ छ। प्रचण्ड गत पुस १० मा राप्रपा लगायतका दलसँग सत्ता साझेदारी गर्दै प्रधानमन्त्री भएका थिए।

तर, माघ १२ मै उनले त्यो गठबन्धनलाई छाडेर कांग्रेससहितको नयाँ गठबन्धन बनाएका थिए। त्यसप्रति लिङ्देनको कटाक्ष थियो।

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई अर्को यात्राका लागि शुभकामना पनि दिए। प्रचण्डले नयाँ गठबन्धन बनाएको दिन आफूहरु त्यो रात गाह्रो भएको उनको भनाइ छ।

‘हामी निश्चित मान्यताका आधारमा सरकारमा गएका थियौं। निश्चित समझदारीको आधारमा सरकारमा गएका थियौं। खासगरी नेपालको राजनीतिमा निर्णायकत्व नेपाली जनताको हातमा राख्ने’, उनले भने।

दुई महिनामा दुई पटक विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्ड भाग्यमानी भएको भन्दै उनले वैशाख १५, २० तिर यस्तै दिन नआओस् भन्दै कटाक्ष पनि गरे। उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पनि प्रष्ट पारे।

Recent Comments

No comments to show.