ग्लोबल आईएमई बैंकका कार्डबाहकले दराजमा भुक्तानी गर्दा सामसुङ एम- ४ जित्ने

ग्लोबल आईएमई बैंकका कार्डबाहकले दराजमा भुक्तानी गर्दा सामसुङ एम- ४ जित्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ग्लोबल आइएमई बैंकले इ-कमर्स दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम -४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी १ रुपैयाँ खर्च गरेर सामसङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्ने बैंकले जनाएको छ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहने बताइएको छ।

यस योजनाको अन्त्यमा बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिने बैंकले जनाएको छ। छनोट भएका एक विजेताले १ रुपैयाँमै सामसङ ग्यालेक्सी एम ०४ मोबाइल फोन पाउने छन्।

बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्स) लाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ। ७७ वटै जिल्लामा बैंकको शाखा सञ्चालनमा छन् । कुल ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन् ।

Recent Comments

No comments to show.