लगानी बोर्डसँग प्रधानमन्त्रीले लिए विभिन्न परियोजनाको प्रगति र चुनौतीबारे जानकारी

लगानी बोर्डसँग प्रधानमन्त्रीले लिए विभिन्न परियोजनाको प्रगति र चुनौतीबारे जानकारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डसँग विभिन्न परियोजनाको प्रगति र चुनौतीबारे जानकारी लिएका छन्।

बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले शुक्रबार लगानी बोर्डको कार्यालय पुगेर बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टसहित बोर्डका अधिकारीहरुसँग बोर्डबाट सहजीकरण भैरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएका हुन् ।

भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन,लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा जानाकारी गराएका थिए ।

अन्तर्क्रियाका क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांङ्गदी–२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी–६ अर्ध–जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना डाबर नेपाल, चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन आग्रह गरेका थिए।

Recent Comments

No comments to show.