अन्तरराष्ट्रिय फिल्म महोत्सव (निफ) को तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

अन्तरराष्ट्रिय फिल्म महोत्सव (निफ) को तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चैत २ गतेदेखि ६ गतेसम्म छैटौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निफले यसबारे जानकारी गराएको हो। निफले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ।

निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ।

निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले महोत्सवको तयारीका लागि निफ टिम विगत ३ महिनायता लागिपरेको बताए।

वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षित रुपमा सफलता पाइरहेको बताए। उनले निफ असाध्यै महत्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मीहरू सहभागी हुन र चलचित्र हेर्न दर्शकहरू पनि उपस्थित हुनुपर्ने बताए।

उनले चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर वचनबद्धता व्यक्त गर्ने आशा राखेको बताए।

निफका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवमा ५० जनाभन्दा बढी फिल्ममेकरहरू विदेशबाट आउने बताए। उनले निफलाई विश्वास गरेर विगत झैँ यस पटक पनि राम्रा फिल्म र फिल्ममेकरहरूले मेलामा सहभागिता जनाउने वचन दिएको बताए। उनले मेलाले फिल्मकर्मीबीच छलफल र भेटघाटको अवसर मिल्ने बताए।

५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले बताएको छ।

यी चलचित्रको प्रदर्शन काठमाडौंका ४ वटा अत्याधुनिक सिनेमाहल सिभिल मल, छाया सेन्टर, पुलचोकको लबिम मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ।

ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रदर्शन हुनेछ। उल्लेखित सिनेमाहलहरूमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ। यसपटक ७ विधामा १४ पुरस्कार वितरण गरिने बताइएको छ।

Recent Comments

No comments to show.