रियल म्याड्रिड बराबरीमा रोकियो, झनै कमजोर बन्यो उपाधि होड

रियल म्याड्रिड बराबरीमा रोकियो, झनै कमजोर बन्यो उपाधि होड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ ।

बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियलले घरेलु टोलीमाथि दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यस बराबरीले रियलको उपाधि होड कमजोर बनेको छ । यस बराबरीले दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोनासँग ९ अंकले पछि परिसकेको छ । रियलको २४ खेलबाट ५३ अंक छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ । रियललाई बराबरीमा रोकेको रियल बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ ।

Recent Comments

No comments to show.