रोयल्टीको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

रोयल्टीको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानी स्थित गोकर्णेश्वरमा रहेको रोयल्टी कलेजले ११ कक्षाका विधार्थीको  स्वागत तथा १२ कक्षाका विधार्थीको बिदाइ २०७९ कार्यक्रम सम्पन्न गरेको छ । 

कलेजले शनिवार बौद्धमा रहेको दीप ज्योतिपार्टि प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई स्वागत र बिदाइ गरेको हो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यबस्थापन प्रमुख जयन्ती सत्यालको आतिथ्यता रहेको थियो । 

शुभकामना मन्तव्य दिने क्रममा कलेजका शैक्षिक व्यवस्थापक ध्रुब प्रसाद भण्डारीले कलेजले भविष्यमा व्यावहारिक विधिमा आधारित भएर शिक्षण विधि अपनाउने बताए ।

सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख दण्ड पाणी शर्मा र गोकर्णेश्वर प्याब्सनका अध्यक्ष डि एन शिवाकाटी विशेष अतिथिमा रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जयन्ती सत्यालले मन्तव्य राख्ने क्रममा विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश पलाएन हुने दर बढिरहेकोमा चिन्ता ब्यक्त गर्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर विदेश पलायन हुनबाट विद्यार्थीहरुलाई रोक्ने कार्यमा यस विद्यालयले  पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् । विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड रहेको थियो ।

उक्त  कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए  । विभिन्न विद्यार्थीहरूले नेपालको संस्कृतिलाई थप उजागर गर्ने उद्देश्यले विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए । 

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा कलेजले शैक्षिक गुणस्तरमा र विद्यालयको चौतर्फी विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएका शिक्षक तथा कर्मचारीहरुलाई कदर पत्र सहित सम्मान गरेको छ ।

कलेजले कार्यक्रम मार्फत कक्षा ११ र १२ मा अध्यापन गराइरहेका शिक्षक टि एन धमला,विद्यालयकी शिक्षिका पेमा लामा र कर्मचारी फुटि शेर्पालाई कदर पत्र सहित सम्मान गरेको छ।

विद्यालयकी प्रिन्सिपल मिरा श्रेष्ठको संयोजमा भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Recent Comments

No comments to show.