यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई क्यानले जनही १ लाख रुपैयाँ दिने

यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई क्यानले जनही १ लाख रुपैयाँ दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाललाई आईसीसी यू–१९ विश्वकप क्रिकेटमा प्रवेश गराएका टिमका प्रत्येक सदस्यले नगद १ लाख पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपमा पुगेका टिमका प्रत्येक सदस्यलाई जनही एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो ।

आईसीसी यू–१९ विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा घरेलु टिम यूएईलाई आज सात रनले पराजित गर्दै नेपाल आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा प्रवेश गरेको हो । खेलाडीको हौसला बढाउन क्यानले खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

१९२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले ४८ ओभरमा सबै विकेटको क्षतिमा १८४ रन मात्रै बनाएपछि नेपालले रोमाञ्चक जित निकालेको हो । यसअघि ब्याटिङ गरेको नेपालले खराब सुरुआत गर्दै ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १९१ रन बनाएपछि यूएईले सामान्य चुनौती पाएको थियो ।

नेपालले पाँच खेलमा पाँचै जित निकाल्दै करिब आठ वर्षपछि विश्वकपमा प्रवेश गरेको हो । यसअघि नेपालले २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेट खेलेको थियो ।

Recent Comments

No comments to show.