आठ दलले आज संघीय सांसदलाई प्रशिक्षण दिने

आठ दलले आज संघीय सांसदलाई प्रशिक्षण दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले आज संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ।

माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । आठ दलीय गठबन्धन बनाउनुको औचित्य र राष्ट्रपतिमा पौडेललाई अघि सार्नुको कारणबारे शीर्ष नेताहरुले सांसदहरुलाई जानकारी गराउने एक नेताले बताए ।

यस्तै, आठ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रियासमेत गर्ने भएका छन्। कांग्रेससहित दलहरूले पदाधिकारीलाई सम्बन्धित प्रदेशमा खटाइसकेका छन्।

Recent Comments

No comments to show.