काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादवले (वि.सं २०६५-२०७२) ले पदमुक्त भएपछि हालसम्म पटकपटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिइसकेका छन् ।
उनलाई दैनिक जीवनयापनमा घरबहालको खर्चदेखि स्वास्थ्योपचारका लागि सरकारले रकम उपलब्ध गराउँछ । हालैमात्र सरकारसँग दैनिक जीवनको गुजारा र खानै समस्या भएको गत असोजमा १० लाख रुपैयाँ लिएका छन् ।
२०७३ असोज ३ करोड, २०७५ माघमा २० लाख २०७६ असोज ६० लाख लगायत हरेक वर्ष लिने गरेको छन् । २०७९ कात्तिक ३ गतेको क्याबिनेटले २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले उनलाई मासिक ६० हजार भत्ता दिने गर्छ ।
घरभाडाका लागि २ लाख रुपैयाँसम्म दिने प्रावधान छ । त्यतिमात्र होइन गाडी, चालक, बिजुली खर्च, दुई दर्जन सुरक्षाकर्मी, सहयोगी तथा एकजना उपसचिवसमेत पूर्वराष्ट्रपति यादवले पाउँछन् ।
हुन त उनी आफैं पनि चिकित्सक हुन् । त्यतिमात्र नभएर उनका छोराछोरी आआफ्नो पेशामा स्थापित छन् । उनको पहिलेदेखि नै आम नेपाली नागरिकभन्दा माथिल्लो स्तरको जीवनशैली रहेको थियो । सामान्यतया उनले सरकारको सुविधा नलिँदा पनि गर्जो टर्न गाह्रो हुने अवस्था छैन ।
प्रतिक्रिया