काठमाडौं । चावहिल भत्केको पुलमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र प्रदेश सभा सदस्यहरूको संयुक्त सम्पर्क कार्यालयको स्थापना भएको छ ।
थापाले सामाजिक सञ्जालमा कार्यालयको उद्धघाटनको फोटो राख्नै भनेका छन् -‘सांसदका रूपमा यो मेरो चौथो कार्यकाल हो। अघिल्ला तीन कार्यकालमा पनि मैले आफ्ना मतदातासँग जोडिनका लागि सम्पर्क कार्यालय सञ्चालन गरेको थिए।
यस पटक, सङ्घीय सांसदका साथसाथै प्रदेशका सांसदहरूसँग पनि मतदाताको सहज पहुँच रहोस् भन्ने हेतुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको संयुक्त सम्पर्क कार्यालय आजबाट सञ्चालनमा ल्याएका छौँ। यो कार्यालयले मलाई मेरा क्षेत्रवासीहरूसँग अझै नजिकबाट जोड्छ भन्ने विश्वास लिएको छु।
प्रतिक्रिया