पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङसहित ११ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङसहित ११ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङसहित ११ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्नका लागि सस्तो भाडामा दिएर ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर हुँदा ५ जनाले भने सफाइ पाएका छन् ।

उनीहरूमाथि भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा (फन पार्क)  भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी सरकारलाई हानिनोक्सानी पुर्याएको अभियोग थियो । गुरुङ पछिल्लोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा मनाङबाट निर्वाचित (हाल निलम्बित) सांसद् हुन् ।

समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपानेमाथि पनि मुद्दा ठहर भएको छ ।

रत्नबहादुर गाहा, बलबहादुर स्वार, मदनप्रसाद रिजाल, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाइ पाएका पाएका छन् । 

Recent Comments

No comments to show.