कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कर्णलीमा राप्रपाको समानुपातिकतर्फ १ सिट छ। उसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो।
राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णयअनुसार कर्णालीमा समर्थन फिर्ता लिइएको बताएकी छन्।
केन्द्र सरकारबाट बाहिरिएपछि राप्रपाले एमले नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने र माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नीति लिएको छ।
प्रतिक्रिया