बैठक छोडेर सांसदहरु बाहिरिने गरेकोमा उपसभामुख रानाको असन्तुष्टि

बैठक छोडेर सांसदहरु बाहिरिने गरेकोमा उपसभामुख रानाको असन्तुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् । 

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उपसभामुख रानाले सांसदहरू प्रतिनिधिसभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् । उनले बैठकमा खाली सिट देखिन थालेको बताइन् । उनले प्रतिनिधिसभा सांसदबिहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन् । 

उनले आफूले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन् । उपसभामुख रानाले सांसद अनुपस्थितिबारेमा जनतालाई के जवाफ दिने भनेर प्रश्नसमेत गरिन् । उपसभामुख रानाले संसदमा जनताका कुरालाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन् ।

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन् । उनले उपसभामुखका रुपमा काठमाडौंमा मात्र नबसेर जनताका कुराहरू सुन्न जिल्ला–जिल्लामा पुग्ने बताइन् ।

उपसभामुख रानाले महिलाहरू समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुला रुपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताइन् । राज्यका निकायमा ५० प्रतिशत महिला पुर्‍याउन प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

Recent Comments

No comments to show.