काठमाडौ । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पुर्याउनेलाई काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको थियो।
हानीकारक फोहोरलाई उत्पादक आफैंले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्छ। त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ।
प्रतिक्रिया