प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बिहिबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कायम गरेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Recent Comments

No comments to show.