एजेन्सी । स्पेनका लागि सर्वाधिक खेल खेलेका पूर्व कप्तान सर्जियो
रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । बिहीबार उनले
सामाजिक सन्जालमा लेख्दै आफूले सन्यास लिने निर्णय गरेका हुन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक
१८० खेल खेलेका छन्, जसमा उनले २३ गोल गरेका छन् भने स्पेनका लागि एक
विश्वकप र दुई युरोकप समेत जितेका छन् ।
प्रतिक्रिया