काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा
सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन फागुन १३ देखि २७ गतेसम्म दुई
पटक गरेर दैनिक ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको छ ।
‘डाइभर्सन निर्माण स्थलमा माथि पहराबाट ढुंगाहरु खसिरहेकाले कुनै पनि
बेला दुर्घटना हुन सक्ने संभावना रहेकाले ढुंगाहरुलाई पूर्णरुपमा व्यवस्थित
गर्नका लागि वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २
बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन आवागमनलाई
पूर्णरुपमा बन्द गरिने छ’ योजना प्रमुखले निकालेको सूचनामा उल्लेख छ ।
यो सडकले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङ, कास्की, पर्वत जिल्लालाई जोड्दछ ।
प्रतिक्रिया