काठमाडौं । उडिसाको पुरीस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वती काठमाडौं आइपुगेका छन्। पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी उडानमार्फत दिल्लीबाट आएका हुन् ।
भारत वर्षमा हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन्। पशुपति क्षेत्रमा सुरु भएको लिंगपुराणमा सहभागी हुनेछन्। शंकराचार्य निश्चलानन्द सरस्वती आठौँ शताब्दीबाट सुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५ औँ उत्तराधिकारी हुन्।
भारतको उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पीठका शंकराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शंकराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन्।
गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वतीले भने भारतवर्षको पूर्वी क्षेत्र हेर्दै आएका छन्। नेपाल सांस्कृतिक रूपमा उनको सांस्कृतिक कार्यक्षेत्रमा पर्दछ।
प्रतिक्रिया