रसुवाका भन्सार अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा,२ करोड १० लाख अकूत सम्पति

रसुवाका भन्सार अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा,२ करोड १० लाख अकूत सम्पति

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियारले  विशेष अदालत काठमाडौंमा रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीविरुद्ध २ करोड १० लाख १० हजार ४८२ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेकोछ ।

३५ वर्ष लामो जागिरको अवधिमा उनको ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ मात्रै वैध ठहर भएको छ। केसीले जागिरको अवधि २०४३ सालदेखि २०७८ सालसम्ममा ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेका थिए।

केसीले सार्वजनिक पदको दुरुपयोग गरी २ करोड १० लाख १० हजार ४८२ रूपैयाँ ५१ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन‚ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन‚ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा कैद तथा जरिवानाको सजाय हुन अख्तियारले मागदाबी लिएको छ।

साथै केसीले जाँच अवधिमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति निजको नाममा रहेको बैङ्कमा मौज्दात रकम र श्रीमती सुशीला पण्डितको नाममा हाल कायम रहेको आंशिक श्रोत नपुगेको हिस्साको र जाँच अवधिपछि खरिद गरेका सम्पत्तिबाट समेत जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।

Recent Comments

No comments to show.