ग्यास सिलिन्डर पड्किँदा कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते,आइसीयुमा उपचार हुँदै

ग्यास सिलिन्डर पड्किँदा कांग्रेस नेता चन्द्र भण्डारी गम्भीर घाइते,आइसीयुमा उपचार हुँदै

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरस्थित निवासमा बुधवार राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र आमा गम्भीर घाइते भएका छन् ।  

दुवैजनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भैरहेको सचिवालयले जनाएको छ। अस्पतालका डाक्टरहरुका अनुसार भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेरको छ।

‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ l अस्पतालबाट भर्खर फर्किएको छु l ममतामयी माता र आदरणीय चन्द्र´दाइ दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु’​ कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

उनी मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै विजयी भएका हुन्।        

Recent Comments

No comments to show.