न्यू डायमण्डले जित्यो महिला भलिबलको उपाधि,प्रतिभा सर्वोत्कृष्ट खेलाडी

न्यू डायमण्डले जित्यो महिला भलिबलको उपाधि,प्रतिभा सर्वोत्कृष्ट खेलाडी

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  साविक विजेता एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८-२६ ले जितेको न्यू डायमण्डले दोस्रो सेट १९-२५ ले एपीएफलाई सुम्पिएको थियो । न्यू डायमन्डले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो ।

उपाधि विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । 

उनले नगद ५० हजार रुपैयाँ पाइन् । विधागततर्फ उत्कृष्ट स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपीएफकी हिरा केसी, उत्कृष्ट सर्भरमा एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट लिवेरोमा न्यू डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यू डायमण्डका कुमार राई र उदयीमान खेलाडीमा न्यू डायमण्डकी सलिना बुढामगर घोषित भए । विधागततर्फका उत्कृष्ट भएका खेलाडीहरूले जनही नगद १५ हजार रुपैयाँ पाएका छन् ।

Recent Comments

No comments to show.