रवि अयोग्य भएपछि आफू स्वतःविजयी भएको उमेश श्रेष्ठको दावी

रवि अयोग्य भएपछि आफू स्वतःविजयी भएको उमेश श्रेष्ठको दावी

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  रवि लामिछानेको सांसद पद गएपछि चितवन–२ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ ।

उपनिर्वाचनबारे बहस चलिरहँदा एक प्रतिस्पर्धी भने आफूलाई स्वतः विजयी भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन बोकेर जान लागेका छन् ।

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले कार्यालय खुलेपछि आयोगमा जाने तयारीमा रहेका हुन् । चितवन २ मा श्रेष्ठ १४ हजार ९८८ मत मात्र पाएर दोस्रो भएका थिए ।

लामिछाने उम्मेदवार बन्न नै योग्य भएसँगै दोस्रो भएको आधारमा आफूलाई स्वतः विजयी घोषणा गरिनुपर्ने श्रेष्ठको जिकिर छ ।

Recent Comments

No comments to show.