रहेनन् नेपालको पहिलो गभर्नर हिमालयशमशेर राणा

रहेनन् नेपालको पहिलो गभर्नर हिमालयशमशेर राणा

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् ।

उनले वि.सं. २०१३ देखि २०१७ सम्म नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा काम गरेका थिए भने उनलाई राजा महेन्द्रले गभर्नरमा नियुक्त गरेका थिए ।

उनले आफ्नो कार्यकालमा भारतीय मुद्रा मात्रै प्रचलनमा भएको तराई क्षेत्रमा नेपाली मुद्रा लागू गरेका थिए ।

Recent Comments

No comments to show.